आखिर सब हो माटो भीमनिधि तिवारी भजन / Aakhir Sab Ho Mato Bhimnidhi Tiwari Bhajan

 

आखिर सब हो माटो
श्रीपेच हुमाउ, झुत्रो टोपी, को ठूलो ? को सानो  ?
पुग्नु पर्ने ठाउँ उही हो सबको उही हो बाटो
                       आखिर सब हो माटो
रानीले पनि राजा छोड्छन्, अनि राजाले पनि रानी
गरीबहरुको पनि यसरी नै हुन्छ एक दिन फाटो
                       आखिर सब हो माटो
ताश, कुचिन, मखमल अदि थोत्रा बोरा, भाङ्ग्रा हुन्
गहना गुरिया, व्याज र तक्मा केहो  ? – कालो टाटो  !
                       आखिर सब हो माटो
सारा रत्नहरु, सुन,चाँदी पत्थरका हुन् प्रतिमूर्ति
महल, झुपडीमा फरक देख्छ जो त्यही हो अंधो लाटो
                       आखिर सब हो माटो
तेरो मेरो मेमे तेते गर्नु भारी भ्रम हो है !
आउने जाने, जाने आउने यो संसार दोबाटो
                       आखिर सब हो माटो

(‘बयासी भजन’ बाट)


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

Rajasthani Lokgeet Lyrics in Hindi राजस्थानी लोकगीत लिरिक्स

बुन्देली गारी गीत लोकगीत लिरिक्स Bundeli Gali Geet Lokgeet Lyrics

कुमार विश्वास की कविताएँ | Kumar Vishwas Kavita – कोई दीवाना कहता है