आखिर सब हो माटो भीमनिधि तिवारी भजन / भजन Aakhir Sab Ho Mato Bhimnidhi Tiwari Bhajan / Bhajan

 

आखिर सब हो माटो
श्रीपेच हुमाउ, झुत्रो टोपी, को ठूलो ? को सानो  ?
पुग्नु पर्ने ठाउँ उही हो सबको उही हो बाटो
                       आखिर सब हो माटो
रानीले पनि राजा छोड्छन्, अनि राजाले पनि रानी
गरीबहरुको पनि यसरी नै हुन्छ एक दिन फाटो
                       आखिर सब हो माटो
ताश, कुचिन, मखमल अदि थोत्रा बोरा, भाङ्ग्रा हुन्
गहना गुरिया, व्याज र तक्मा केहो  ? – कालो टाटो  !
                       आखिर सब हो माटो
सारा रत्नहरु, सुन,चाँदी पत्थरका हुन् प्रतिमूर्ति
महल, झुपडीमा फरक देख्छ जो त्यही हो अंधो लाटो
                       आखिर सब हो माटो
तेरो मेरो मेमे तेते गर्नु भारी भ्रम हो है !
आउने जाने, जाने आउने यो संसार दोबाटो
                       आखिर सब हो माटो

(‘बयासी भजन’ बाट)

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)

Laal Kavi ki Rachnaen pad

आखिर सब हो माटो भीमनिधि तिवारी भजन / पद/ मिश्रित रचना आपको कैसी लगी ?

Comments

Popular Posts

Ahmed Faraz Ghazal / अहमद फ़राज़ ग़ज़लें

अल्लामा इक़बाल ग़ज़ल /Allama Iqbal Ghazal

Ameer Minai Ghazal / अमीर मीनाई ग़ज़लें

मंगलेश डबराल की लोकप्रिय कविताएं Popular Poems of Manglesh Dabral

Ye Naina Ye Kajal / ये नैना, ये काजल, ये ज़ुल्फ़ें, ये आँचल

Akbar Allahabadi Ghazal / अकबर इलाहाबादी ग़ज़लें

Sant Surdas ji Bhajan lyrics संत श्री सूरदास जी के भजन लिरिक्स

Adil Mansuri Ghazal / आदिल मंसूरी ग़ज़लें

बुन्देली गारी गीत लोकगीत लिरिक्स Bundeli Gali Geet Lokgeet Lyrics

Mira Bai Ke Pad Arth Vyakhya मीराबाई के पद अर्थ सहित